Standard Saving and Credit
परिचय देशको वित्तिय क्षेत्र सागुँरिदै गएको अवस्था देखा परेको भएता पनि मध्यम वर्गिय र निम्न मध्यम वर्गको पहुच बैंक तथा वित्तिय संस्था सम्म पुग्न नसकेको अवस्था रहेको छ । बजारमा कसैलाई पूँजीको अभावले गर्दा व्यवसायलाई अगाडी बढाउन नसकी रहेको अवस्था छ भने अर्को तर्फबैंक तथा वित्तिय संस्थाहरूले निक्षेपको व्याजलाई घटाई निक्षेप कर्ताको आम्दानी मा ठूलो प्रभाव पारेको पाईन्छ । त्यस्तो अवस्थामा बचत कर्ताले पाउने व्याज दर र लगानीको व्याजदरमा धेरै नै फरक परेको पाइन्छ । त्यस्तो अवस्थामा बचत कर्ताले पाउने व्याज दर र लगानीको व्याजदरमा धेरै नै फरक परेको देखिन्छ । यसै परिपेच्छेमा नेपाल सरकारको उदार अर्थनिति र बढ्दै गएको व्यवसायीक विकाशलाई अघि बढाउने उद्देश्य तथा साना तथा मझौला उद्योग व्यावसायलाई प्रबर्धन गर्ने उद्देश्यले यस सहकारी संस्थाको स्थापना भएको छ । साथै बैंक तथा फाईनान्स कम्पनी सम्म पहुच नभएका व्यवसायीहरुको व्यवसायलाई सुरक्षित लगानी गरी बढी भन्दा बढी प्रतिफल दिनको लागि व्यवसायीक तथा बैकिङ्ग क्षेत्रमा अनुभव प्राप्त व्यक्तित्वहरुबाट यसको स्थापना भएको छ । यस संस्थामा आवद्द हुने सम्पूर्ण शेयर सदस्य तथा बचत कर्ताले आफ्नो पनको महसुस गर्न पाउन भन्ने उद्देश्य राखेको छ ।
देशका विभिन्न क्षेत्र तह र तप्कामा आफ्नै परिवेश र अवस्थामा भविष्यको सुन्दर कल्पनामा विश्वको आर्थिक गतिविधिलाई परबाट हेर्दै त्यस्तै वित्तिय परिवेशको परवाहमा बसेका निम्न वर्गीय र मध्यम वर्गीय व्यवसायीहरु जो ठूलो बैंक र वित्तिय संस्था सम्म आफ्नो पहुच पुर्याउन सक्दैनन् र आर्थिक क्रियाकलाप गरी आय आर्जन गर्न सक्दैनन त्यस्ता वर्गको हित र सहयोगका लागि नेपाल सरकारले सहकारी संस्थाहरु खुल्न थाले सोही अनुरुप यस स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड खुलेको हो ।
व्यवसायीक कारोवार संचालनका लागि बैंक तथा वित्तिय संस्था सम्म पहुँच नहुने तर केही गर्नका लागि इच्छा राख्ने समुदायको विचमा स-साना पूँजीलाई संकलन गरी सामुहिक कोषको स्थापना गरि सो को परिचालनबाट सम्पूर्ण सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर माथी उठाई देश विकाशमा एउटा इट्टा थप गर्ने उद्देश्य राखी व्यवसायीक तथा बैकिङ्ग क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरुको सामुहिक प्रयासबाट यस संस्थाको स्थापना संचालन र सर्म्बर्धन गर्ने र सामुदायीक अवधारणा अगाडी बढाउने मुख्य लक्ष्य लिएको छ ।
|